|

काठमाडौं : नेकपा माओवादी केन्द्रले बाढीपीडितलाई राहतस्वरुप झण्डै ३५ लाख रुपैयाँ सहयोग गरेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ३४ लाख ९९ हजार २६० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

बाढीपीडितलाई पार्टीका सांसदहरुको एक महिनाको तलब दिने यसअघिको निर्णयअनुसार नै प्रधानमन्त्री राहत कोषलाई सो रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए। माओवादी केन्द्रका ८२ सांसद छन्।

सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रिपरिषद्को निर्णयअनुसार नै राहत रकम उपलब्ध गराउने बताइएको छ। उनीहरुले अलग्गै प्रधानमन्त्रीलाई राहत रकम हस्तान्तरण गर्ने भएकाले सो रकम यसमा नजोडिएको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.