|

कालिकोट : जिल्ला अस्पताल कालिकोटमा औषधी चरम अभाव भएको छ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै विनियोजन गरेको र जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधी खरिद बजेटको व्यवस्था र अख्तियारी नहुँदा जिल्ला स्वास्थ्य कार्यालयमा अभाव भएको हो।

जिल्ला अस्पतालमा कुनै प्रकार औषधी नभएको एक महिना भएको आफूहरुसँग औषधी खरिद गर्ने बजेट पनि नभएको र औषधीको व्यवस्था गर्न मन्त्रालय र विभागलाई पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीले बताए। ‘जिल्ला अस्पतालमा औषधीको अभाव भएको एक महिना भइसक्यो’, उनले भने, ‘हामीले मन्त्रालय विभागलाई औषधी मागका लागि पत्राचार गरेका छौं। तर, कुनै जवाफ आएको छैन।’ 

जिल्लामा औषधीको अभाव हुनुमा स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै निकासा भएको स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजित नगरेका कारणले समस्या आएको डा.अलीले बताए। ‘सबै बजेट स्थानीय तहमा नै निकासा भएको छ।’ उनले भने,–‘स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट नै विनियोजन गरेनन्।’

जिल्ला अस्पतालमा औषधी अभाव रहेको, जिल्ला अस्पताल भएका कारणले औषधी खरिदका लागि सबै स्थानीय तहले जिल्ला अस्पतालमा औषधी खरिद र अस्पताल गुणस्तरका लागि बजेट विनियोजन गर्नुपर्ने खाँडाचक्र नगरपालिकामा प्रमुख जसीप्रसाद पाण्डेले बताए। जिल्ला अस्पतालमा औषधी चरम अभाव भएको विषयमा पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गिरिधर सुवेदीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.