|

महोत्तरी : बाढीप्रभावित जिल्ला महोत्तरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुधबार स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले जिल्लाको लोहारपट्टी भन्ने स्थानबाट स्वास्थ्य शिविरको उद्घाटन गरेका छन्। जिल्लाका २६ स्थानमा स्वास्थ्य एकैसाथ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा ४ सयभन्दा बढी स्वास्थ्य जनप्रतिनिधिहरु खटिएका छन्। प्रत्येक शिविरमा २ जना विशेषज्ञ चिकित्सकीय टोलीसमेत खटिएको छ।

शिविरमा महामारी रोकथाम तथा पीडितहरुको उपचार गरिने स्वास्थ्य शिविर सञ्चालन टोलीले जनाएको छ। शिविरमा गर्ववती र बालबालिकाहरुका लागि पोषणयुक्त खानेकुराको समेत व्यवस्था गरिएको छ।गम्भीर तथा जटिल प्रकारका रोगी बिरामीहरुलाई जनकपुर अञ्चल अस्पताल पठाइको छ।

७० प्रतिशत क्षेत्र डुबानमा परेको यस जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार डुबानबाट ९ जनाको मृत्यु हुनका साथै ४० हजार नागरिक डुबानबाट विस्थापित भएका र २ लाख प्रभावित भएका छन्।

त्यस्तै, १४ स्वास्थ्य संस्थाहरु डुबानमा परेका, १५ सय बालबालिका खोपबाट वञ्चित हुनपरेको, ४० लाखको औषधि डुबानमा परेर नष्ट भएको र २२ हजार ५ सय खेतीयोग्य जमिन बाढीले नष्ट भएको पनि तथ्यांकमा उल्लेख छ। बाढी र डुबानबाट भित्री सडकहरुसमेत ठाउँ ठाउँमा बिग्रेका हुनाले वैकल्पिक सडक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.