समाज

माडीका बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री सहयोग
SHARES

भदौ ७, २०७४

    चितवन : चितवनको माडी नगरपालिका वडा नम्बर ९ का बाढीपिडित ८५ परिवारलाई नेपाल जर्नी अमेरिकाले राहत वितरण गरेको छ। प्याउली, कुसुमखोला र बाँदरभुलाका ८५ घर परिवारलाई २ लाख ५० हजार बराबरको खाद्यान्न तथा दैनिक प्रयोग हुने सामग्री वितरण गरेको नेपाल जर्नी अमेरिकाकाको नेपाल शाखा अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिए।

    कुसुमखोलाका २०, प्याउलीका ४५ र बादरझुलाका २० बाढीपीडित परिवारलाई प्रतिपरिवार १ बोरा चामल, २ केजी नुन, १ लिटर तेल, २ केजी दाल, २ केजी चिनी, नुहाउने साबुन र कपडा धुने साबुन तथा मसला, बेसार, खुसार्नी, चियापत्ती वितरण गरिएको श्रेष्ठले बताए। यस्तै महिलाका लागि आवश्यक सेनेटरी प्याड, जीवनजल, पानीको जग ९० वटा हस्तान्तरण गरिएको नेपाल जर्नीका सचिव प्रकाश सिग्देलले जानकारी दिए। 

    सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले अब माडीका लागि खाद्यान्नभन्दा यहाँका प्रभावित समुदायलाई स्थायी बसोबासका लागि सहयोगको खाँचो रहेको बताए। माडी– ९ का वडाध्यक्ष शिवहरि सुवेदीले माडीका घेरै  क्षेत्रमा बाढीले असर गरेको र डुवानमा परेकाले उनीहरुको स्थायी वासस्थानको प्रबन्ध मिलाउनु आवश्यक रहेको बताए।

    यसैबीच माडी–भरतपुर सम्पर्क मञ्चले पनि माडीका बाढी प्रभावितलाई खाद्यान्न सहयोग गरेको छ। मञ्चका सचिव हिमालय दवाडीले दिएको जानकारी अनुसार बाढीपिडितलाई १० क्विन्टल चामल, १ क्विन्टल दाल सहयोग गरिएको हो।

    मञ्चको महिला विभागले तिज पर्व मनाउन छुट्टाएको १५ हजार बराबरको खाद्यान्नसमेत सहयोग गरिएको जनाइएको छ। गत साताको बाढीले विभिन्न बस्तीका सयौँ घर डुबानमा परेको थियो। केही परिवार घरबारबिहीन बनेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]