|

गोरखा : हिन्दू नेपालीहरुले महान् पर्व विजयादशमीका लागि घटस्थानामा जमरा राख्ने गर्छन्। तर, गोरखामा पर्व सुधार भन्दै घटस्थापना आउन एक महिना अघि नै जमरा राखिएको छ। पर्व सुधार भन्दै मंगलबार घटस्थापना मान्दै यहाँ हिन्दू पूजाआजा विधिबाटै जमरा राखिएको हो।

पर्व सुधार समन्वय समिति गोरखाको अगुवाइमा गोरखाका विभिन्न ११ ठाउँमा जमरा राखिएको मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका सचिव किशोर रेग्मीले जानकारी दिए।

‘पर्व सुधार हुन आवश्यक छ, त्यसैले हामीले अहिले नै जमरा राख्यौं’ उनले भने, ‘हामीले जिल्लाभरी विभिन्न ११ ठाउँमा जमरा एकैसाथ राख्यौं।’ सदरमुकामको राधा बल्लभेश्वर मन्दिर, सिरान्चोक गाउँपालिकाको छोप्राकको ५ ठाउँमा, पालुङटारको ४ ठाउँमा र खोप्लाङमा पनि जमरा राखिएको रेग्मीले जानकारी दिए। जमरा राखिएको ठाउँमा पुरोहित बोधप्रसाद अधिकारीले नियमित पूजा गर्नेछन्।

पर्व सुधार समन्वय समिति गोरखाका अध्यक्ष तुलसा मरहट्टाको अध्यक्षता र राधाबल्लभेश्वर मन्दिरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा जमरा राखिएको हो। पर्वसुधार समितिले अहिलेको महिना भदौ नभएर असोज भएको समेत दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.