|

इलाम : युनिसेफ नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा इलामका सुदीप श्रेष्ठले खिचेको तस्बिर प्रथम भएको छ। सन्दकपुरका स्थानीय दावा ग्याल्जे शेर्पाले उनको २ वर्षको छोरालाई गमबुट लगाइदिँदै गरेको उनले खिचेको तस्बिरले प्रथम पुरस्कार जितेको हो।

बुबाको मुख हेर्ने दिनलाई लक्षित गरेर बुबाले आफ्ना बच्चाहरुलाई पुर्‍याउन सक्ने योगदानलाई विषय केन्द्रित गरी प्रतियोगिताको आयोजना गरिएको थियो। प्रथम पुरस्कारस्वरुप श्रेष्ठले एक थान क्यामेरा पुरस्कार पाउने आयोजकले जनाएको छ।

चिसो तापक्रममा बुबाले आफ्नो बच्चालाई न्यानो राख्न गरेको प्रयास तस्बिरमा झल्किएको छ। श्रेष्ठ चियाबारी दैनिकका सम्पादक हुन्। जिविकोपार्जन र वित्तीय पहुँचको क्षेत्रमा लामो समयदेखि कार्यरत श्रेष्ठको फोटोग्राफी शौखको विषय हो।

प्रथम पुरस्कार जितेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘तस्बिरले पुरस्कार जित्नेमा म आशावादी नै थिए, जितियो, खुसी लाग्यो।’ उनले प्रतियोगिताको नियमअनुसार तस्बिरमा भएका व्यक्तिको लिखित स्वीकृति लिनुपर्ने नियमअनुसार दावाग्याल्जे शेर्पाको लिखित स्वीकृति लिन वर्षाको समयमा सन्दकपुर जानुपर्दाको दुःख पनि जितले भुलाएको बताए। श्रेष्ठले ‘माया’ विधामा पुरस्कार जितेका हुन्। युनिसेफ नेपालले पोषण, माया र रमाइला पलहरु गरी तीन विधामा प्रतियोगिताको आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.