|

रामेछाप : रामेछापको दोरम्बा गाउँपालिकामा मोबाइलको चार्जर पड्केर एकजनाको मृत्यु भएको छ। बुधबार बिहान मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको चार्जर पड्केर दोरम्बा गाउँपालिका ३ टोकरपुरका अन्दाजी ३२ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बिहान आफ्नै कोठामा मोबाइल चार्ज गर्दै गरेका मगरलाई अचानक चार्जर पड्केर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल पुर्‍याएको थियो। तर, मगरलाई अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको दोरम्बा गाउँपालिका प्रमुख कमान सिंह तामाङले जानकारी दिए। मृतक मगरको शव पोष्टमाटमपछि परिवारको जिम्मा लगाइने अस्पताल स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.