|

दमक : झापाको बुद्धशान्ति गाउँपालिका–१ कालिखोलामा बुधबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ।  २ जना  गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा इलाम रोङ गाउँपालिका ४ का २१ वर्षीय तारा विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति–१ स्थित कालिखोलाको उकालोमा इलामतर्फ जाँदै गरेको जिपलाई सोही दिशातर्फ जाँदै गरेका पिकअप भ्यानले  ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा झापा मेचीनगर–९ का ११ वर्षीय क्षितिज रसाइली र बुद्ध शान्ति–४ की ५० वर्षीया फुलकुमारी लिम्बु रहेको ट्राफिक प्रहरीले जनाएको छ। 
घाइते दुबै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.