|

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो शुक्रबार थाइल्यान्ड जाने भएका छन्। अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचका लागि थाइल्यान्डको राजधानी बैंकक जान लागेको उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए।

६/६ महिनामा ओलीले बैंककमा स्वास्थ्य जाँच गराउँदै आएका छन्। तर यसपटक भने स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकै आएका कारण उनी पहिले नै त्यसतर्फ जान लागेका हुन्।

'उहाँको स्वास्थ्य हरेक ६ महिनामा फलोअप गर्नुपर्ने हुन्छ। तर यसपालि निर्वाचन नजिकै आएको छ। निर्वाचन सकेर जाँदा ढिला हुने भएकोले यसपालि अलि चाँडै जाने कार्यक्रम तय भएको छ', दाहालले भने।

ओली शुक्रबार दिउसो १२ बजे थाइ एअरबाट बैंकक जानेछन्। ओली भदौ १२ (सोमबार) स्वदेश फिर्ता हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.