|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एमालेलाई कमजोर पार्ने सपना नदेख्न मधेस केन्द्रित दलहरुलाई चेतावनी दिएका छन्। ‘एमालेलाई ठेगान लगाउने सपना नदेख्न मधेस केन्द्रित दलहरुलाई आग्रह गर्छु,’ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने।

उपाध्यक्ष गौतमले देश र जनताको हितका लागि संविधान संशोधन विधेयक फेल गराउनु परेको तर्क राखे। उनले संविधान जारी गर्ने नेतृत्व आफनो पार्टीले गरेकाले यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि आफ्नै पार्टीको काँधमा रहेको दाबी गरे। 

एमाले उपाध्यक्ष गौतमले मुलुकको सार्वभौमिकताको रक्षा एमाले बाहेक अन्य राजनीतिक शक्तिहरुले गर्न नसक्ने दाबी समेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.