|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबारबाट भारत भ्रमणमा निस्किएका छन्।  देउवाले भारत भ्रमणमा निस्कनुअघि  ४ जना केन्द्रीय सदस्यलाई पार्टीमा मनोनित गरेका छन्।

त्यस्तै विमलेन्द्र निधिलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका छन्। पूर्व महामन्त्रीको हैसियतमा देउवाले निधिलाई पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले मोरङका अमृत अर्याल, काठमाडौंका ध्यानगोविन्द रन्जित, पाल्पाका हरिप्रसाद नेपाल र बाराका राधेचन्द्र यादव केन्द्रीय सदस्यमा नियुक्त भएको जानकारी दिए। केन्द्रीय सदस्यमा मनोनित चारैजना देउवा पक्षीय नेता हुन्। उनीहरु चारैजना प्रत्यक्ष निर्वाचित सांसद् हुन्।  अर्याल र रन्जितलाई देउवाले राज्यमन्त्री बनाउने आश्वासन दिएका थिए। तर उनीहरुलाई राज्यमन्त्री बनाउन नसकेपछि खुसी पार्न देउवाले केन्द्रीय सदस्य मनोनित गरेका हुन्।

कांग्रेसमा अब मनोनित सदस्यको संख्या १६ पुगेको छ। महाधिवेशनपछि सभापति देउवाले यसअघि १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन्। कांग्रेसमा जम्मा २१ जना केन्द्रीय सदस्य मनोनित हुने प्रावधान छ।

देउवाले यसअघि मंगलबारमात्रै कांग्रेसका १२ जनालाई राज्यमन्त्री बनाएर सरकार बिस्तार गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.