|

सिन्धुपाल्चोक : ‘मन्त्रीज्यू टेलिकमको टावरले राम्रोसँग काम गर्दैन, सदरमुकामजस्तो ठाउँमा मोबाइलले फोन गर्न पनि डाँडा चढ्नुपर्छ।’ बधाइ लिन गृहजिल्ला सिन्धुपाल्चोक पुगेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग सदरमुकाम चौताराका बासिन्दाले गरेको गुनासो हो यो।

कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ ले बुधबार चौतारामा गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि र जिल्लावासीका गुनासा मन्त्री बस्नेतकै मन्त्रालय मातहतको निकायमा केन्द्रित थिए। 

सञ्चारमन्त्री बस्नेतले गृहजिल्लामा नै टेलिकमको समस्या देखिएपछि तत्कालै सुधारका लागि निर्देशन दिइसकेको बताए। उनले भने,‘सिन्धुपाल्चोकको मात्र होइन देशभरको टेलिकम सेवा गुणस्तरीय बनाउन निर्देशन दिइसकेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.