|

जुम्ला : जुम्लास्थित तिला नदीमा जीप खस्दा १ जना बेपत्ता भएका छन्। भे१च २१४४ नम्बरको जीप बुधबार साँझ पातारासी गाउँपालिका– ५ लोर्पा नजिकैबाट तिला नदीमा खस्दा सहचालक २६ वर्षीय दत्तबहादुर बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुविष्णु काफ्लेले जानकारी दिए। 

जीप सडकबाड २०० मिटर तल खसेको छ। जीपको पछाडि बसेका यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन्। त्यसक्रममा एक बालकलाई सामान्य चोट लागेको छ।

बेपत्ता बुढाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.