|

डडेल्धुरा : आज हरितालिका तीज। डडेल्धुराका महिलाहरुले आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले देउडा खेलेर यसपटककै तीज मनाएका छन्। 

डडेल्धुराको बागरबजारमा रहेको बसपार्कमा नारीहरुले सुदूरपश्चिमेली गीतमा देउडा खेले। उक्त देउडा खेलमा जिल्ला सदरमुकामका महिला र अन्य जिल्लाबाट अध्ययनका लागि सदरमुकाममा बसोबास गर्ने युवतीहरुको सहभागी थियो।

सुदूरपश्चिमको संस्कृति संरक्षण गर्नको लागि तीजमा देउडा खेलेको सहभागी पर्वती पनेरुले बताइन्। ‘अहिले तीजलाई नयाँ पडिले तडकभडक गरेर मनाउँछन्। तर हामीले सुदूरपश्चिमेली भाकामा देउडा लेखेर मनायौं। अबका वर्षमा पनि तीजमा देउडा खेलेर नै मनाउने सोचमा छौँ,’ उनले भनिन्। 

कसरी खेलिन्छ देउडा?

देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको जानकारहरुले बताउने गरेका छन्। देउडा खेलमा गायकहरु गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा विभाजित हुन्छन्। त्यसपछि गीतै गीतमा सवाल जपवाफ हुन्छ। यो खेल डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गीत गाउँदै खेलिने गरिन्छ। 

थप फोटोहरु हेर्नुस् : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.