|

बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवाले फेरी आतंक मच्चाउन थालेको छ। केही महिना निष्क्रिय रहेको चितुवाले बिहीबार मेलौली नगरपालिका वडा नं ९ असुरमा एक महिलामाथि आक्रमण गरेको छ।

बिहान ९ बजेतिर घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला ४० बर्षीया कुन्दादेवी भट्टलाई चितुवाले आक्रमण गरेको हो। चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाइते भट्टको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा उपचार भइरहेको छ।चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। २०७३ भदौमा चितुवाले आक्रमण गरेर दुई बालिकाको ज्यान लिएको थियो।

गएको ६ वर्ष यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ। नरभक्षी चितुवा मार्नका लागि दुईटक प्रहरी परिचालन गरेको भएपनि मार्न भने सकिएको छैन।

नरभक्षी चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीबासीहरु त्रसित भएको मणिलेक माविका शिक्षक अर्जुन कुँवरले बताए। यसैबीच तल्लोसोराडमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीबासीले नरभक्षी चितुवा मार्न माग गरेका छन्।

चितुवाले धेरैको कोख रित्याएकाले जसरी पनि नियन्त्रण वा मार्नुपर्ने स्थानीयबासीको माग रहेको मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए। ‘चितुवाले धेरैको ज्यान लिएपछि त्रसित नागरिकले चितुवा मार्न पटक पटक स्थानिय प्रशासनसँग माग गरे,’ कलौनीले भने, ‘प्रशासनले प्रहरी परिचालन गरेपनि चितुवा मार्न असफल भयो।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.