|

रुपन्देही : देवदह नगरपालिका भलुहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देही पर्रोहा नगरपालिकाकाका २४ वर्षीय खेमराज थापा र नवलपरासी रामग्रामका २५ वर्षीय सुरज चौधरी छन्। 

थापाले चलाएको लु२३प १०२८ नं र चौधरीले चलाएको लु३३प ७०८३ नंको मोटरसाइकल आज दिउँसो एकापसमा ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

घटनामा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव गम्भीर घाइते भएका छन्। घाइतको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.