|

रुपन्देही : देवदह नगरपालिका भलुहीमा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनाका क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

दुर्घटनामा घाइते भएका २ जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्र्तगत दुई विपरित दिशाबाट आइरहेका लु २३ प, १०२८ नं को पल्सर मोटरसाइकल र लु ३३ प, ७०८३ नं को स्पेन्डर मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको देवदह प्रहरी चौकीका प्रमुख एवंम् प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

घटनास्थलमा नै मृत्यु हुनेहरुमा रुपन्देहीको पर्रोहा बस्ने वर्ष २१ को खेमराज थापा र नवलपरासीको रामग्राम बस्ने वर्ष २५ को सुरज चौधरी रहेको प्रहरीले जनाएको छ। उपचारको क्रममा मृत्यु हुनेहरुमा मोटरसाइकल पछाडी सवार बुटवल उपमहानगरपालिका वडा नं १६ बस्ने वर्ष २४ को सुमन कुवँर र सुनवल नगरपालिका वडा नं २ बस्ने वर्ष २४ को दिवाकर यादव रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.