|

काठमाडौं : भदौ ५ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने चुनावमा भोट हाल्न पाउने भएका छन्।प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले मतदाताका लागि १८ वर्षको मिति तय गरेको हो।

मंसिर १० का लागि घोषणा गरिएको चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता भई २१ वर्ष पुगेका नागरिक मात्र उम्मेदवार हुन पाउनेछन्। एक सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन र सात प्रदेशका ७७ जिल्लामा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय भइसकेको छ।

अायोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारले भदौ ५ गते प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्य निर्वाचन गर्नेगरी मिति तोकेको दिनलाई नै आधार मानेर १८ वर्ष उमेर पूरा भएका दिन मानेको जानकारी दिए। मतदाता नामावली ऐन, २०७३ ले मतदाताका लागि १८ वर्ष उमेर पूरा भएको ‘कट अफ’ मिति तोक्ने अधिकार प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.