|

दाङ : दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्या बढेको छ। अविरल वर्षासँगै पानीका स्रोत दूषित भएपछि जिल्लामा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ। 

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ। 

हाल दैनिक २०० भन्दा बढी भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेको डा सुबोध शर्माले जानकारी दिए। उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, देउखुरीको लमही अस्पताल, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा विशेषगरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन्।

अहिले देखिएको समस्या मौसमी भएको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालका डा. जितनारायण यादवले विशेष ख्याल गर्न सुझाव दिए। स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तुहरु खान र आराम गर्न उले सुझाए। वर्षापछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै यादवले स्वास्थ्यमा खेलबाड नगर्न बिरामीलाई आग्रह गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.