|

सोलुखुम्बु : स्वच्छ सफा हराभरा सोलुखुम्बु अभियान २०७४ शुक्रबारबाट सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा अभियान सुरु गरिएको हो। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा ‘सफा सोलुखुम्बु’ नारासहित बिहान सदरमुकाम सल्लेरीको फाप्लुबजारदेखि सल्लेरीसम्म सरसफाइ गरिएको छ।

प्रजिअ थापाको नेतृत्वमा विभिन्न सरकारी तथा गरसरकारी संस्थाका प्रमुख, सरकारी कर्मचारी, पत्रकार, नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीलगायत स्थानीयको सक्रिय सहभागिता थियो। अबदेखि प्रत्येक हप्ता शुक्रबार बजार सरसफाइ गरिनेछ ।

सगरमाथाको जिल्लामा फोहोरको मात्र बढ्न नदिने उद्देश्यसहित सफा सोलुखुम्बुको अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ। यो कार्यक्रमलाई जिल्लाको सम्पूर्ण बजार क्षेत्रमा अभियानकै रुपमा सञ्चालन गर्नका लागि गाउँपालिका, बजार व्यवस्थापन समितिसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए।

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रमा दुर्गन्ध बढेको स्थानीयको भनाइ छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको कार्याकालमा प्रत्येक हप्ता आइतबार सल्लेरी सरसफाइ गरिने भए पनि उनको सरुवासँगै अभियान स्थगित भएको थियो। नियमित सरसफाइ हुँदा बजारको मुहार फेरिएको भए पनि अभियान स्थगित हुँदा पुनः फोहोर बढ्दै गएको छ। फोहोर व्यवस्थापनमा स्वयं स्थानीय सक्रिय नहुँदा समस्या देखिएको प्रत्यक्षदर्शीको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.