|

कालिकोट : कालिकोटका किसानहरुले स्याउ बोटमै ५० रुपैयाँ केजीमा बिक्री गरिरहेका छन्। स्याउको बजार राम्रो भएपछि किसानले बोटमा नै ५० रुपैयाँ केजी मूल्य पाउन थालेका छन्। विगतका वर्षहरुमा बजारसम्म ल्याउँदा २० देखि २५ रुपैयाँमा बिक्री गर्ने किसानहरुले अहिले बोटमै ५० रुपैयाँमा स्याउ बिक्री गर्न थालेका हुन्।

जिल्ला बाहिरका स्याउ व्यापारी किसानको बगैंचामै गएर स्याउ किन्ने गरेका कारणले स्याउ बोटमा किसानहरुले राम्रो मूल्य पाउन थालेका तिलागुफा नगरपालिका–१ फोइमहादेव किसान देवकुमार कटुवालले बताए। ‘अहिले स्याउ बोटमा राम्रो मूल्य दिने गरेका छन्।’ उनले भने, ‘सिँचाइ व्यवस्था नहुँदा कोपिलामै झरेपछि उत्पादन कम भएकोले स्याउको माग बढी भएको छ।’ उनले भने, ‘स्याउ बेच्नकै लागि बजार जानुपर्दैन व्यापारी आफैं स्याउ खोजेर बारीमै पुग्छन्।’

स्याउको राम्रो मूल्य भए पनि स्याउ ग्रेडिङ मेसिन नहुँदा अझै राम्रो मूल्य पाउन नसकेको तिलागुफा नगरपालिका-५ राँचुलीका अगुवा किसान तथा पूर्वसांसद नवराज कोइरालाले बताए। ‘स्याउ ग्रेडिङ मेसिन जिल्लामा नै छैन।’ उनले भने, ‘स्याउ ग्रेडिङ मेसिन नहुँदा स्याउ कुहिने गरेको र व्यापारीले भनेकै मूल्यमा दिनुपर्ने बाध्यता रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.