५ राज्यमा भड्कियो हिंसा

|

चन्डीगढ : बलात्कारको पुरानो मुद्दामा शुक्रबार हरियाणास्थित पन्चकुलाको सीबीआई विशेष अदालतले बाबा राम रहिमलाई दोषी प्रमाणित गरेको छ। 'डेरा सच सौदा' अर्थात छोटकरीमा डेरा भनेर चिनिने आध्यात्मिक-समाजिक संगठनका प्रमुख राम रहिम दोषी प्रमाणित भएपछि उनका समर्थकहरुले हिंसा भड्काएका छन्।

५ राज्यमा भड्कियो हिंसा 

भारतभर यस संगठनका ५ करोडभन्दा धेरै सदस्य छन्। पन्चकुलास्थित अदालतले दोषी प्रमाणित गरेका कारण सबैभन्दा धेरै विरोध पनि पन्चकुलामै भएको छ। यहाँ हिंसा भड्कँदा ३० जनाको मृत्यु भइसकेको छ। पञ्जाव र हरियाणामा सबैभन्दा धेरैको मृत्यु भएको छ। यूपी,राजस्‍थान र दिल्लीमा पनि हिंसा भड्किएको छ। हिंसाका कारण धेरै घाइते भएका छन्। दोषी प्रमाणित भएपछि बाबा राम रहिमलाई केन्द्रिय कारागार लगिएको छ। उनको सजायका अवधिका विषयमा सोमबार अदालतले निर्णय सुनाउनेछ।

३० जनाको मृत्यु

अदालतको फैसलापछि बाबा रहिम समर्थकहरु आन्दोलित भएका छन्। उनका समर्थकहरुले पन्जाब र हरियाणाका थुप्रै स्थानमा आगलागी तथा तोडफोड गरेका छन्। पन्चकुलाको मलोट रेवले स्टेशन र नजिकै रहेको एक पेट्रोल पम्पमा उग्रवादीहरुले आगो लगाइदिएका छन्। सञ्चारमाध्यमका ३ ओवि भ्यानमा रहिम समर्थकहरुले आगो लगाइदिएका छन्। घटनामा २ सयभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ।

हिंसा भड्किएपछि पन्जाको बठिंडा,मनसार र मुक्तसरमा कर्फ्यु लगाइएको छ। फैसला सार्वजनिक भएसँगै अदालतबाहिर बसेका बाबा रहिम समर्थक र प्रहरीबीच झडप सुरु भएको थियो। रहिम समर्थकलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपर्‍यो।

यस घटनाका कारण पन्जाब र हरियाणाका स्कुल र कलेजहरु बन्द छन्। दिल्लीको सिमानामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। यूपीको नोयडा,गाजियावाद,शामली,मुजफ्फरनगर लगायत क्षेत्रमा कर्फ्यु लगाइएको छ।

डेराको सम्पत्ति जफत हुने

हिंसा भड्किएपछि पञ्जाब र हरियाणा अदालतले डेरा सौदाको सम्पत्ति जफत गर्न सरकारलाई आदेश दिएको छ। 'डेरासँग जोडिएको सम्पत्तिबाट 'यसरी भड्किएको हिंसाको क्षतिपुर्तिको भरपाई गर्न सकिन्छ,' अदालतले आफ्नो आदेशमा भनेको छ। यसअघि डेराले जस्तोसुकै निर्णय आएपनि कसैलाई क्षति पुर्‍याउने काम नगर्ने वाचा गरेको थियो।

स्थिति नियन्त्रणमा

दिउँसोभरी हिंसा भड्किएपनि साँझ स्थिति नियन्त्रणमा आएको हरियाणाका डीजीपी बीएस सन्धुले दाबी गरेका छन्। उनले राम रहिमका समर्थकहरु तितर-वितर भइसकेको दाबी गरेका छन्। हरियाणाका मुख्यमन्त्री मनोहर खट्टरले यस विषयमा छलफल गर्नका लागि आपतकालीन बैठक डाकेका थिए। उनले यस विषयमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग समेत कुराकानी गरेका थिए। सिंहले यसै विषयमा पन्जावका मुख्यमन्त्रीसँग समेत कुराकानी गरे।

दोषी प्रमाणित हुनअघि बाबा राम रहिमले जस्तोसुकै फैसला आएपनि शान्त रहन आफ्ना समर्थकलाई आग्रह गरेका थिए। उनले आफुले सधैं कानुनको सम्मान गरेका कारण यसपटक पनि कानुनको सम्मान गर्ने बताएका थिए। उनी अदालतमा उपस्थित हुँदा ८ सय गाडीले अघि-पछि रहेर स्कटिङ गरेका थिए।

भिडियो हेर्नुस् : 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.