|

काठमाडौं : शान्ति सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने पहिलो निकाय नेपाल प्रहरीको दैनिकी कसरी बित्छ भनेर कौतूहल जाग्नसक्छ। धेरैलाई लाग्न सक्छ, उनीहरूको दैनिकी अपराधी खोज्नमै बित्छ। तर फरक छ, उनीहरूको दैनन्दिन।

पछिल्लो पटक प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार ६ हजार ४ सय ३ जना ‘पिकेट ड्युडी’मा खटिएका हुन्छन्। उनीहरूको काम ‘पिकेट’ गस्ती गर्नु हो। उनीहरू दैनिक १ हजार १ सय ११ किलोमिटर दूरीको आसपासमा ड्युटीमा खटिन्छन्। त्यसैगरी ७ हजार ३ सय ५० जना पैदल गस्तीमा खटिएका हुन्छन्। उनीहरूले ३३ हजार ७५ किलोमिटर दूरी ‘कभर’ गरेका हुन्छन्। मुलुकभर ४ हजार ४ सय ३ जना सवारी गस्तीमा खटिएका हुन्छन्।

उनीहरूले २१ हजार २ सय किलोमिटर दूरी 'कभर' गर्ने प्रहरी प्रधान कार्यालयको दाबी छ। प्रहरीले मुलुकभर ६ सय २ स्थानमा दैनिक जुनसुकै बेला चेक गर्ने गरेको छ। त्यसका लागि ३ हजार ४२ जनशक्ति खटिएका हुन्छन्।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) एवं प्रहरी प्रवक्ता पुस्कर कार्कीका अनुसार मुलुकभर रहेका ६ सय ४६ महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि २ हजार ३ सय ४४ जनशक्ति परिचालित हुन्छन्। यसमा आवश्यकताअनुसार बढ्न पनि सक्छ। विशिष्ट व्यक्तिको सुरक्षा, कार्यक्रम तथा निवास सुरक्षाका लागि १ हजार २ सय ५७ जना खटिएका हुन्छन्।

व्यक्तिगत सुरक्षा गार्ड अर्थात् पीएसओ १ सय ७९ जना र विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा अर्थात् स्कटिङका लागि ५ सय ६३ जना खटिएका हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.