|

काठमाडौं : ‘अब लाइसेन्स लिन कहिले आऊँ’, यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे। उनको जवाफ दिँदै कार्यालयका कर्मचारीले भने, ‘अब छ महिनापछि आउने।’ 

‘किन यत्रो समय?,तामाङले दोहोर् याएर सोधे,’ चाँडै हुँदैन?’ राजस्व बुझ्ने कर्मचारीले दोहोरो कुरा गरेनन्। छमहिनाअघि नआउन मात्र भने। तामाङले मोटरसाइकलको लाइसेनस निकाल्नका लागि एक साताअघि ट्रायल पास गरेका थिए। छिट्टै स्मार्ट लाइसेन्स पाइने आशामा यातायात कार्यालय पुगेका उनी निराश भएर फर्के।

तामाङजस्तै यातायात कार्यालयमा लायसेन्स बुझ्न जानेहरूको भीड लाग्छ। तर कति समयसम्ममा लाइसेन्स पाइन्छ भनेर मिति नतोक्दा उनीहरू दैनिक धाउन बाध्य हुने गरेका छन् यातायात व्यवस्था विभागले अनलाइनबाट फर्म भर्ने व्यवस्था गरे पनि कति लाइसेन्स वितरण भयो भन्ने विवरण राख्ने सकेको छैन। स्मार्ट लाइसेन्स लिन पनि सेवाग्राहीले कार्यालय नै धाउनुपर्ने बाध्यता छ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डे स्मार्ट लाइसेन्स निकाल्नका लागि प्राविधिक समस्या रहेको बताउँछन्। ‘छ महिनाको जानकारी तपाइँले पाइहाल्नुभयो’, उनी भन्छन्, ‘सकेसम्म चाँडै दिने प्रयासमा छौं। छ महिना समय लामो भएन भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यस्तै हो। समस्या छ। विस्तारै समाधान हुन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.