|

ओखलढुङ्गा : ओखलढुंगामा चट्याङ र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करेन्ट र चट्याङबाट दुईको मृत्यु भएको हो। सिद्धिचरण नगरपालिका १० बेतिनीमा शुक्रबार साँझ करेन्ट लगेर अन्दाजी ३५ वर्षीय ढककुमारी धमलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घाँस काटेर घर फर्किने क्रममा लघु जलबिद्युत अयोजनाको तार चुडिएर भुईमा झरेकाले पानी परेको अवस्थामा धमलालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टीका कार्कीले जानकारी दिए।

त्यस्तै बिहीबार साँझ पानीसंगै परेको चट्याङ लागेर मोलुङ गाउँपालिका ७ पात्लेकी अन्दाजी ६३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ। उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.