|

दाङ : दाङमा डेगु रोगका विरामीहरु फेला परेका छन्। तुल्सीपुरको सिटी अस्पतालमा स्वास्थ्य जाँचका लागि आएका पश्चिम दाङका विरामीहरुमा डेंगु रोगको लक्षण देखापरेको अस्पताल एमडी डा. सुवोधकुमार शर्माले जानकारी दिए।

उनका अनुसार अस्पतालमा पाँच जना डेंगु रोगका बिरामी भर्ना भएकोमा दुई जना पाँच दिनपछि शुक्रबार घर फर्किएङ्का छन्। उनीहरु निको भएर घर फर्किएका अस्पतालले जानकारी दिएको छ। अरु तीन जनाको भने अस्पतालमा उपचार भइरहेको अस्पतालका चिकित्सक डा. साहिल भुसालले जानकारी दिए।

'हामीले अवस्था जटिल देखियो भने मात्रै बाहिर रिफर गर्छौ। अहिले विरामीको अवस्था सामान्य छ' अस्पतालका डा.साहिल भुसालले भने। यता जिल्लाका ठूला अस्पताल राप्ती अञ्चल अस्पताल र राप्ती उपक्षेत्रीय अस्पतालहरुमा अहिलेसम्म डेंगु रोगका विरामी फेला नपरेका सम्बन्धित अस्पतालहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.