|

कालिकोट : सुर्खेतको वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामाभाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकाल ग्राहकको हत्या आरोपमा पक्राउ परेका छन्। कालिकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ।

ढकालले होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीलाई वञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीकव भनाइ छ। घटनापछि फरार रहेका ढकाललाई प्रहरीले वीरेन्द्रनगरको गणेश चोकबाट पक्राउ गरेको छ।

अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीलाई किन वञ्चरो प्रहार गरे भन्ने नखुलेको सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.