|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा एक युवक मृत फेला भेटिएका छन्। तानसेन नगरपालिका(५ धरमपानीका ४२ बर्षीय नरसिंह विक मृत फेला परेका हुन्। तानसेन-७ बासटारीमा तामाको भाँडा बनाउने उद्योग सञ्‍चालन गर्दै आएका उनी सोही ठाउँभन्दा केही टाढा तानसेन नगरपालिका-८ भालेबास भन्ने ठाउँमा सिद्दार्थ राजमार्गभन्दा तल ढिकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

मृतक नरसिंहले शुक्रबार अपराह्न चारबजेतिर घरबाट भालेबास जाने भन्दै आफन्तलाई खबर गरेको भतिज दीपक विकले बताए। शनिबार बिहान ९ बजेतिर उनको शव फेला परेको हो। पोस्टमार्टमपछि शव आफन्तले बुझेका छ्न्। घट्नाबारे अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए। नरसिंहका अन्य परिवारका सदस्य तिज मान्नका लागि धरमपानी गएका र उनी बासटारी एक्लै बसेको भतिज दीपकले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.