|

सोलुखुम्बु : चट्याङ लागेर दुधकौसीका गाउँपालिका ४ काउलेमा २ जनाको मृत्यु भएको छ। आज दिउँसो साढे २ बजे हल्का वर्षातसँगै परेको चट्याङका कारण १० वर्षीय विमल तामाङ र १४ वर्षीय सन्दिप राईको घटनास्थलमै मृत्यु भएको स्थानीय मिना गिरीले जानकारी दिइन्।

दुदुखोला दोस्रो जलविद्युत आयोजनाको लाईनमा चट्याङ लाग्दा घरमा बसेका तामाङ र  राईको मृत्यु भएको हो। चट्याङका कारण ३५ वर्षीया अर्जुन तामाङ गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.