|

धनुषा : सवारी दुर्घटनाबाट गम्भिर घाइते भएका एक व्यक्तिको झोलाबाट २७ लाख रुपैयाँ बरामद भएको छ। धनुषा मिथिला नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको जलाद खोला पुलमा भएको दुर्घटनामा घाइते भएका व्यक्तिको साथबाट २७ लाख रुपैया बरामद भएको हो।

दुर्घटनामा घाइते हुनेमा धनकुटा जिल्लाको पाख्रिवास वडा नं. २ घर भएका २७ वर्षिया गणेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घाइते सापकोटालाई स्थानीय भेगेन्द्र मेडिकलमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि विराटनगर पठाइएको छ। 

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको सापकोटा चढेको बा ६७ प ४८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइतेको साथमा रहेको कालो रङ्गको झोला स्थानीयको रोहवरमा चेकजाँच गर्दा सो झोलामा रहेको नगद २७ लाख भेटिएको प्रहरीले जनाएको छ।

नगद रकम सहितको झोला इलाका प्रहरी कार्यालय ढल्केबरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.