मृतकको संख्या बढ्न सक्ने

|
हमलापछि घटनास्थललाई सुरक्षा दिँदै सैनिक। Photo: indianexpress.com

भारत प्रशासित कश्मीरको पुलवा जिल्लास्थित एक प्रहरी कार्यालयमा बन्दुकधारीको हमलामा ८ जना सुरक्षाकर्मी मारिएका छन्। प्रहरी कार्यालयभित्र बन्दुकधारी छिरेपछि दोहोरो गोली हानाहान भएको थियो। त्यसक्रममा दुई बन्दुकधारी पनि मारिएको बीबीसीले लेखेको छ।

स्थानीय समयअनुसार आइतबार ३ बजेर ४५ मिनेट जादा ३ जना बन्दुकधारी अन्दाधुन्द गोली र बम पड्काउदै प्रहरी परिसरमा घुसेका थिए। प्रहरीका अनुसार तेस्रो बन्दुकधारी पनि मारिएको छन्, तर उनको शव फेला परेको छैन।

हमला भएको परिसरमा प्रहरीका परिवारसमेत बस्ने गर्दथे। प्रहरी जवान र उनीहरुका परिवारलाई बन्धक बनाउने उद्देश्यसहित आएका हमलावर मारिएको र कोही पनि बन्धक नरहेको प्रहरीले जनाएको छ।

जम्मु कश्मीर प्रहरीका महानिर्देशक एसपी वैदले हमलामा ८ सुरक्षाकर्मी र २ बन्दुकधारीको मृत्यु भएको बताएका छन्। उनले भने, 'एक बन्दुधकारी परिसर भवन बाहिर निस्केर अन्दाधुन्द गोलीबारी गर्न थाल्यो, उसलाई तत्कार मारियो।' हमलामा दर्जनौं सुरक्षाकर्मी घाइते भएकोले मृतकको संख्या बढ्ने सम्भावना रहेको वैदले बताए।

यो हमलालाई भारतीय सेनाले चरमपन्थीविरुद्ध कश्मीरमा चलाइरहेको 'अपरेशन अल आउट'को बदलाको रुपमा व्यख्या गरिएको छ। यस अपरेशनमा अहिलेसम्म १४० चरमपन्थी मारिएका छन्।  यो एक वर्षभित्र गरिएको तेस्रो आत्मघाती हमला भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

सात महिनायता जम्मुकश्मीरको अधिकांश क्षेत्रमा इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.