|

  • अनिल खत्री

गुल्मी : गुल्मीमा साना करदाताबाट १ करोडभन्दा बढि राजस्व संकलन भएको छ। जिल्लामा गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजस्व संकलन भइरहेको छ। १ महिना अघिदेखि जारी अभियानमा १ हजार १ सय साना उद्योगी व्यवसायीले राजस्व बुझाएका छन्। त्यसक्रममा १ करोडभन्दा बढि राजस्व संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कार्यलय सचिव तोमलाल पन्थीले जानकारी दिए।

जिल्लामा उद्योग वाणिज्य संघ गुल्मीसंग १ हजार ९ सय व्यवसायी आवद्ध छन्। साना व्यवसायीले जिल्लामा भदौ १५ गतेसम्म राजस्व बुझाउन सक्नेछन्। यसक्रममा गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गर्नेबाट १ हजार ५ सय र नगपालिकाभित्र व्यवसाय संकलन गर्नेबाट २ हजार ५ सय राजस्व संकलन गरिएको छ।

संघको कार्यालय तम्घाससहित शाखाहरु बलेटक्सार, रिडी, बामी टक्सारबाट समेत राजस्व संकलन भइरहेको छ। शान्तिपुर र मजुवा शाखामा पनि छिट्टै यो व्यवस्था मिलाउने तयारी भइरहेको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.