|

सुनसरी : आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले इलाका प्रहरी कार्यालय धरानको कस्टडी (हिरासत)मै आत्माहत्या गरेका छन्। खोटाङको दिप्सुङ घर भई धरान– ५ देउराली बस्दै आएका ३३ वर्षीय श्रीधन विश्वकर्माले आइतबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घरमा कोही नभएको मौकामा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले भदौ ४ गते विश्वकर्मालाई पक्राउ गरेको थियो। उनीविरुद्ध छोरी र श्रीमतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

जिल्ला अदालत सुनसरीबाट सुरुमा ५ र दोस्रोपटक ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थियो। उनले आइतबार बिहान करिब साढे ३ बजे आफैँले लगाएको सटको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

शौचालय जाँदा उनी झुण्डिएको देखेपछि अर्का थुनुवाले प्रहरीलाई खबर गरेका थिए। उनको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। प्रक्रिया पुर्‍याएर आइतबार नै शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे छानविन गर्न टोली बनाइने सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.