|

काठमाडौँ: २०७३ सालको मदन पुरस्कार 'धृतराष्ट्र' कृतिका लागि घनश्याम कँडेललाई दिइएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले कँडेललाई दुई लाख रुपैयाँ राशिको उक्त पुरस्कार दिने घोषणा गरेको हो। त्यस्तै, जगदम्बाश्री पुरस्कार कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)लाई दिने घोषणा गरिएको छ। यो पुरस्कारको राशि पनि दुई लाख रुपैयाँ छ।

मदन पुरस्कार गुठीले २०७३ सालमा गुठीमा प्राप्त १९५ पुस्तकमध्ये असार २५ गते ९ पुस्तकलाई मदन पुरस्कारको शीर्ष सूचीमा प्रकाशित गरेको थियो। त्यसमा कँडेलको 'धृतराष्ट्र'सँगै पुरुषोत्तमलोचन श्रेष्ठको 'गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा', राज सरगमको 'छाउघर', शरद पौडेलको 'तपन', जय छाङ्छाको 'दोहाको सिधा उडान', हरि अधिकारीको 'प्रतिनायक', सीमा आभासको 'म स्त्री अर्थात आइमाई', राजेन्द्र पराजुलीको 'शुक्रराज शास्त्रीको चस्मा' र नवराज पराजुलीको 'सगरमाथाको गहिराइ' रहेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.