|

कालिकोट : ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा सबै ठाउँमा विद्युत् उत्पादन र प्रसारणका लागि गुरुयोजना तयारी पारिने बताएका छन्। विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसहित आइतबार कर्णाली भ्रमण आएका शाहीले कर्णालीमा सबै ठाउँमा बिद्युत उत्पादन र प्रसारणका लागि गुरुयोजना तयार पारिने बताएका हुन्।

कर्णालीमा विद्युत् उत्पादनको राम्रो सम्भावना रहेकोले कर्णालीमा विद्युत् उत्पादनका गुरुयोजना बनाएर अगाडि बढ्ने बताए। ‘कर्णाली हजारौं मेघावाट बिद्युत उत्पादन हुन्छ।’ उनले भने, ‘त्यसका लागि गुरुयोजना नै बनाएर लागू गरिनेछ।’

कर्णालीमा अहिले केन्द्रीय प्रसारण लाइन जोड्ने तयारी पूरा भएको, कैलालीको लम्की स्टेसनबाट ३३ केभी विद्युत् कर्णाली करिडोर कालिकोटमा जोडिन काम तत्काल सुरु गर्न लागिएको र दैलेख हुँदै जुम्लामा पनि यो आर्थिक वर्षमा केन्द्रीय प्रसारण लाइन जोडिने मन्त्री शाहीले बताए। ‘कैलालीको लम्कीबाट कर्णाली करिडोर हुँदै कालिकोटमा केन्द्रीय प्रसारण लाइन जोड्ने तयारी गरिएको छ।’ उनले भने, ‘दैलेख हुँदै जुम्लामा पनि केन्द्रीय प्रसारण लाइन यसै वर्ष जोडिनेछ।’

मन्त्री शाहीले ४ सय २६ मेगावाटको फुकोट आयोजनाको काम पनि तत्काल अगाडि बढाउने प्रक्रिया सुरु भएको बताए। कर्णालीका सबै नदीमा उर्जा मन्त्रालयको टोली अनुगमन गरेको कसरी हुम्लादेखि कालिकोट दैलेख र सर्खुेतका विद्युत्  निकाल्न सकिन्छ त्यसको अध्यायन गरिएको र बिद्युत उत्पादनबाट नै कर्णाली प्रदेशलाई सम्पन्न गर्न सकिने मन्त्री शाहीले बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.