|

हुम्ला : हुम्लाको उतरी चीनको तिब्तसँग जोडिएको  हिल्सा नाकामा अवस्थित सिमाना प्रहरी चौकीका इन्चार्ज नील बहादुर लामामाथि नाम्खा गाउँपालिकाका उपाध्यक्षले कुटपिट गरेका छन्। जिल्लाको आधिकारिक पत्रविना कैलाश मानसरवर तीर्थयात्रीबाट स्थानीय कर नउठाउन नाम्खा गाउँपालिका उपाध्यक्ष पेमाल लामालाई अनुरोध गर्दा उल्टै आफ्नै घरमा बोलाएर  कुटपिट गरेको प्रहरी इन्चार्ज  निल बहादुर लामाले बताए।

हुम्लाको सिमकोटबाट मानसरवर कैलाश दर्शन गर्न जाने स्वदेशी विदेशी पर्यटकबाट नाम्खा गाउँपालिकाले  भारतीय पर्यटकबाट प्रतिव्यक्ति एकहजार, अन्य पर्यटकलाई १ हजार ५ सय र प्रतिफिस्टेल एरअर हेलिकोप्टरबाट ५ सयका दरले कर उठाउएको प्रहरी इन्चार्ज लामाले बताए। 

केही दिन अगाडि चार बोरा पीठो नदिएको भन्दै काला तमाङमाथि परेको उजुरीमाथि  छलफल गर्नुपर्ने भन्दै आफूलाई   गाउँपालिका उपाध्यक्ष लामाले आफ्नै घरमा बोलाएपछि एक्कासि आफ्नो जस्तो निर्णय नगरेको भन्दै लामा र उनकी श्रीमतीसहित अज्ञात व्यक्तिले  ढुंगाले टाउकामाथि हिर्काउनुको साथै आपूmलाई मार्ने योजना बनाएको इन्चार्ज लामाले बताएका छन्। क

कुटपिट गर्ने उपाध्यक्ष लामालाई  जिल्लाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरीले आवश्यक छानबिन गरी मुद्दा चलान गर्ने जिल्ला प्रहरी कार्यलय प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले बताए। सिमानामा खटिएका  प्रहरी जवानको असुरक्षा कारण देखाउँदै हिल्सा सिमाना प्रहरी चौकी इन्चार्ज लामामाथि भएको कुटपिटप्रति  सत्यतथ्य घटनाको छानबिन गरी कारबाहीसमेत प्रक्रिया अगाडि बढाउने तयारी भएको प्रहरी नायव उपरीक्षक नेपालले थाहा खबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.