|

काठमाडौं : अनेरास्ववियु, विज्ञान, प्रविधि तथा अनुसन्धान विभागले आयोजना गरेको 'समृद्धिका लागिः विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार' विषयक विचार गोष्ठीका सहभागिहरुले   समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राखेका छन्। 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारी र नेकपा एमाले विज्ञान तथा प्रविधि विभागका सचिव रोमकान्त पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए। 

कसले के भने ? 

डा. तथा इ. सुमित्रा अमात्यले भूपरिवेष्ठित देश नेपाललाई प्रविधिको प्रयोगबाट  लिंक-लक्ड देशको रुपमा विकास गर्न सकिने बताए। इञ्जिनियर अनुप बाँस्कोटाले प्रविधि र विकास जोडिएको हुनाले प्रविधिको प्रयोग बिना मृद्धि प्राप्त नहुने बताए। 'राज्यले विकासका गतिविधिहरु गर्नुपर्छ भने उक्त विकासमा गतिविधिहरुमा जोडिएका विविध कुराहरुलाई ध्यानमा राख्न आवश्यक छ। प्रविधि, विकास र समृद्धि एकआपसमा जोडिएको हुनाले यससँग जोडिएका पक्षहरुलाई व्यवस्थित रुपमा राज्यले अगाडी बढाउनुपर्नेछ।'  

एमाले शिक्षा विभागका सचिव रमेश शिलवालले नेपालमा विकासका धेरै सम्भावनाहरु भएपनि त्यसको सही सदुपयोग गर्न नसकेका देश गरिब बनेको बताए

ई-सेवाका निर्देशक इञ्जिनियर असगर अलि छरिएर रहेका सम्भावनाहरुलाई एकत्रित गरेर अगाडि बढाउनका लागि प्रविधिले सहयोग गर्ने बताए।

एमाले सचिव प्रदिप ज्ञवालीले जनताको जीवनस्तरलाई सरलिकृत गर्नका निम्ति आईटीले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए। 'विज्ञान, प्रविधिमा ९/१० प्रतिशत जनशक्ति उत्पादन गरेर अहिलेको विश्वको चुनौतीसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन। यसमा राज्यले ध्यान दिनुपर्छ,' उनले भने। 

अनेरास्ववियु विज्ञान, प्रविधि तथा अनुसन्धान विभागका प्रमुख डम्बर अधिकारीले विद्यार्थीहरुले अब देशको समृद्धि र विकासका लागि योगदान दिनेबेला आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.