|

डोकलाम : विवादको ७२ दिनपछि भारतले सीमा क्षेत्र डोकलामबाट आफ्नो सेना हटाएको छ। भूटान र चीनको सीमाक्षेत्रमा पर्ने डोकलाममा यसअघि भारतीय सेना छिरेको थियो।

भूटानी सरकारले सहयोग मागेपछि सुरक्षाका लागि भन्दै सीमा क्षेत्रमा बसेको भारतीय सेना चीनसँगको समझदारीपछि फिर्ता भएको हो। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा सीमाक्षेत्रबाट दुबै देशका सेना हटेको उल्लेख छ। यद्यपी चीनले भारतीय सेना सीमा क्षेत्रबाट हटेपनि आफ्नो सेनाले त्यहाँ अझै चेकजाँच गरिरहेको जनाएको छ।

चीनमा आयोजना हुन लागेको ब्रिक्स सम्मेलनको पूर्व सन्ध्यामा दुई देशबीचको तनावलाई वार्ताका माध्यमबाट हल गर्ने सहमति बनेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर ३ तारिखदेखि ५ तारिखसम्म चीनको सियामिनमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाँदैछन्।

चीनले डोकलाम क्षेत्रमा बनाइरहेको सडकको विषयलाई लिएर भूटान र चीनबीच डोकलाम क्षेत्रमा विवाद चर्किएको थियो। विवादपछि भूटानको आग्रहमा भारतीय सेना डोकलाम क्षेत्रमा छिरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.