|

पर्वत : मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई कुटपिट गरेको आरोपमा सोही गाउँपालिका-४ का वडाअध्यक्ष तेन्जिङ गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडाध्यक्षले मादक पदार्थ सेवन गरी सोमबार दिउँसो उपप्रमुख शिवको कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेको भन्ने उजुरी आएको अनुसन्धान भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले जानकारी दिए।

सहायक प्रजिअ खड्काले भने, ‘आफूलाई आफ्नै कार्यकक्षमा कुटपिट गरेको भन्दै उपप्रमुख गुरुङले हामीकहाँ उजुरी दिनुभयो। हामीले घट्नाको विषयमा अनुसन्धान गरिरहेका छौं।’ यस्तै, नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले वडाध्यक्ष तेन्जिङका बुबा नोर्बु गुरुङले समेत उपप्रमुखमाथि प्रहरी कार्यालयभित्रै पनि हातपात गरेको आरोप लगाएका छन्।

सहायक प्रजिअ खड्काले कुटपिटमा संलग्न भएको भन्दै वडाध्यक्षका बुबा नोर्बुलाई पनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मित्र आचार्यका अनुसार वडाध्यक्ष तेन्जिङले मादक पदार्थ सेवन गरी उपप्रमुखकै कार्यकक्षमा विवाद गरेको बताए।

उनले भने, ‘हामीले दुवैजनालाई नियन्त्रणमा राखेका छौं। मेडिकल चेकअपबाट पनि मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ। हामीले अनुसन्धान गरिरहेका छौं।’ कुटपिट गरेको आरोप लागेका दुवैजना आरोपीले भने आपूmहरु कामको सिलसिलामा उपप्रमुखको कार्यकक्षमा पुगेको तर, हातपात भने नगरेको भन्दै घट्नाको अस्वीकार गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.