|

 गुल्मी : एक सातादेखि अवरुद्ध बनेको गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड आंशिक रुपमा सुचारु भएको छ। ४ भदौदेखि सडक चौडा पार्ने भन्दै ३ दिनलाई बन्द गर्ने भनिए पनि एक सातापछि आइतबार साँझबाट आंशिक रुपमा सञ्चालनमा आएको छ।

निर्माण कार्य भइरहेको रेसुंगा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुलनजिकै ठूलो चट्टानलाई चौंडा पार्ने काम भइरहेको छ। सडक प्रत्येक दिन बिहान साढे ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेपछि आंशिक रुपमा सञ्चालनमा ल्याइएको निर्माण कम्पनीका इन्जिनियर नवीन सापकोटाले जानकारी दिए।

 बाटो बन्द भएसँगै सदरमुकामबाट पश्चितर्फ आउने जाने दर्जनौं सडक प्रभावित भएका थिए। सडक बन्द भएसँगै सयौं सवारीसाधन तथा यात्रु मारमा परेका छन्। सडक बन्द भएसँगै अन्य स्थानबाट वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्दा बढी भाडा तिनुपर्ने र जोखिम पूर्ण यात्रा गर्नुपरेको यात्रुको गुनासो थियो। उक्त सडकको २ वर्षदेखि कालिका कन्टक्सनले निर्माण कार्य गर्दै आएको छ। कम्पनीले तम्घासदेखि सिमलटारी सम्मको सडक कालोपत्रे गर्न अन्तिम चरणमा पुर्‍याएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.