|

विराटनगर : निर्वाचन क्षेत्र निर्धारण आयोगले मोरङमा ६ वटा निर्वाचन क्षेत्र बनाउने तयारी गरेको छ। यसअघि मोरङमा ९ वटा निर्वाचन क्षेत्र थिए। मोरङका राजनीतिक दल तथा सरोकारवालाको सुझावका आधारमा जनसंख्या र भूगोललाई मिलाएर ६ वटा निर्वाचन क्षेत्र बनाउन लागिएको हो।

जसअन्तर्गत क्षेत्र नम्बर १ मा केराबारी, मिक्लाजुङ, लेटाङ र उर्लाबारी नगरपालिका रहेका छन् भने क्षेत्र नम्बर २ मा रतुवामाई, कानेपोखरीको १, २, ३, पथरी शनिश्चरे ५, ६  र रंगेलीको १, ३, ८ र ९ नम्बर वडा छन्।

यस्तै क्षेत्र नम्बर ३ मा पथरी शनिश्चरेको १, ४, १०, कानेपोखरीको ४, ५, ६ र ७, सुन्दरहरैंचाको १, ८, १२, बेलबारीको  १, ४, ८ र ११ नम्बर वडा रहेका छन्। क्षेत्र नम्बर ४ मा ग्रामथान, कटहरी, बेलबारीको ५, ७, विराटनगर महानगरपालिकाको १, ३, ८, १० र १९ नम्बर वडा छन्। क्षेत्र नम्बर ५ मा धनपालथान, जहदा, रंगेलीको ४, ७, विराटनगरको १२ र १८ नम्बर वडा छन्। क्षेत्र नम्बर ६ मा बूढीगंगा, सुन्दरहरैंचाको २ र ७ विराटनगरको ४, ७, ९ र ११ नम्बर वडा छन्।

क्षेत्र नम्बर १ मा १ लाख ४५ हजार, क्षेत्र नम्बर २ मा १ लाख ६४ हजार ७ सय ४३, क्षेत्र नम्बर ३ मा १ लाख ६४ हजार १ सय ८०, क्षेत्र नम्बर ४ मा १ लाख ५७ हजार १ सय ६९, क्षेत्र नम्बर ५ मा १ लाख ७० हजार ५ सय ३९ र क्षेत्र नम्बर ६ मा १ लाख ५६ हजार ९ सय ८६ जनसंख्या छ।

प्रदेश नम्बर १ मा २८ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएकोमा  झापामा ५, सुनसरीमा ४, इलाममा २ र उदयपुरमा २ निर्वाचन क्षेत्र निर्धारण गरिने बताइएको छ। तेह्रथुम, संखुवासभा, धनकुटा, ओखलढुंगा, खोटाङ, पाँचथर, ताप्लेजुङ, भोजपुर र सोलुखुम्बुमा १/१ क्षेत्र परेका छन्।

सम्भावित निर्वाचन क्षेत्रको खाका

क्षेत्र नम्बर १

केराबारी, लेटाङ, मिक्लाजुङ र उर्लावारी
कुल जनसंख्या : १ लाख ४५ हजार

क्षेत्र नम्बर २

रतुवामाई, पथरीशनिश्चरेको ५ र ६ वडा, कानेपोखरीको १, २, ३, सुनवर्षी र रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ वडा
कुल जनसंख्या : १ लाख ६४ हजार

क्षेत्र नम्बर ३

पथरी शनिश्चरेको १, २, ३, ४, ७, ८, ९ र १० वडा, कानेपोखरीको ४, ५, ६ र ७ वडा, बेलवारीको १, २, ३, ४, ८, ९, १० र ११ वडा
कुल जनसंख्या : १ लाख ६४ हजार

क्षेत्र नम्बर : ४
बेलवारीको ५, ६, ७ वडा, ग्रामथान, कटहरी र विराटनगरको १, २, ३, ८, १० र १९ वडा
कुल जनसंख्या : १ लाख ५७ हजार

क्षेत्र नम्बर ५ 

रंगेलीको ४, ५, ६, ७ वडा, धनपालथान, जहदा र विराटनगरको १२? १३? १४, १५, १६, १७, र १८ वडा
कुल जनसंख्या : १ लाख ७० हजार

क्षेत्र नम्बर ६ 

सुन्दरहरैचाको  २, ३, ४, ५, ६, ७ वडा, बुढीगंगा र विराटनगरको ४, ५, ६, ७, ९, ११ वडा
कुल जनसंख्या : १ लाख ५६ हजार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.