|

चितवन : दक्षिण चितवनको माडीमा सांस्कृतिक उत्सव तथा कृषि, पर्यटन एवम् व्यापार मेला हुने भएको छ। भदौ ३० गतेदेखि असोज ८ गतेसम्म माडीको वसन्तपुर बजारमा मेला आयोजना गर्न लागिएको आयोजक ग्रामिण सञ्चार सञ्जाल माडीले जनाएको छ।

माडी क्षेत्रको कला संस्कृति, धार्मिक पर्यटन तथा ऐतिहासिक पहिचानका लागि मेला आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष सूर्य पाठकले बताए। १ सय ५० स्टल रहने मेलामा बाल उद्यान, माछा पोखरी, पर्यटन र कृषिसम्बन्धी विभिन्न स्टलहरु राखिने छ। मेला सफल बनाउन १०१ सदस्यीय स्टेरिङ समिति र ११ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। 

उक्त मेलाको प्रमुख संरक्षक माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल रहेका छन्, भने सल्लाहाकार प्रमुख उपमेयर ताराकाजी महतो रहेकी छन्। १० दिनसम्म चल्ने मेलामा कम्तिमा ५० हजारले अवकोलकन गर्ने तथा ५० लाखको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ।

उक्त मेलाबाट प्राप्त आम्दानीबाट माडीको वसन्तपुरमा सूचना केन्द्र स्थापना गर्ने र सीसी क्यामरा जडान गरिने आयोजकले जनाएको छ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुति समेत रहने जनाइएको छ। निकुञ्जपारीको उपत्यका माडीमा पर्यटकीय सम्भावना प्रशस्तै छ। मेलाको तयारी तीव्र पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.