|

दाङ : दाङको तुलसीपुरमा धान लोड गर्दा धानको बोराले च्यापेर एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ६ एरपोर्ट चौकमा रा १ त ९२४ नम्बरको ट्रयाक्टरमा धान लोड गर्ने क्रममा तुलसीपुर ९ का ३६ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बोराले च्यापिएका चौधरीको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.