|

काठमाडौँ: पर्यटन क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संगठन नेपाल पर्यटन पत्रकार संघ (एन्टोेज)को जापानमा विदेश शाखा गठन गरिएको छ। बुधबार प्रकाश वलीको संयोजकत्वमा सात सदस्यीय जापान शाखा तदर्थ समिति गठन गरिएको हो।

बुधबार टोकियोको सिन्जुकुमा पत्रकारहरूको एक भेलाले तदर्थ समिति गठन गरेको हो। भेलाले प्रकाश वलीको संयोजकत्वमा नारायणप्रसाद गैरे ,प्रवीण बुढा क्षेत्री, राजु धमला,यशोधा पौड्याल सदस्य रहेको तदर्थ समिति गठन गरेको संयोजक वलीले जानकारी दिएका छन्।

भेलाले जापानमा नेपालको पर्यटनसम्बन्धी अध्ययन र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका अग्रजहरू रहेको चार सदस्यीय सल्लाहाकार समिति पनि गठन गरेको छ। यसमा विश्वेश्वर रेग्मी, विष्णु खनाल, लालबहादुर रावल र ताराप्रसाद विक रहेका छन्।

तदर्थ समितिको आगामी बैठकले थप सदस्यहरू थपसँगै प्रथम अधिवेशनको मिति तय गर्ने बताइएको छ। संघको मलेसिया, अमेरिका र साउदी अरबमा पनि शाखा गठनको प्रक्रिया अगाडि बढेको एन्टोजका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.