|
Photo: Eugene Hoshiko/AP

दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका सुमितेरु तानिगुचीको ८८ बर्षको उमेरमा बुधबार निधन भएको छ।

त्यस समयमा उनी हुलाकीको जागिरमा थिए। त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भएको समयमा पनि खबर पुर्‍याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइएको थियो।

उनी एटम बमको आक्रमणमा परेका थिए। शरीरको देब्रे भाग जलेको र पछि उपचारपछि बाँचेका उनी सोही पेसामा फर्केका थिए।

सन् १९४५ को अगष्ट ९ का दिन बिहान जापानी नगर नागासाकीमा अमेरिकालेबम हानेको थियो। त्यसको तीन दिनमात्र अघि जापानको हिरोसिमामा जापानले अर्को शक्तिशाली बम हानेको थियो।

नागासाकीमा हानेको बम लागेर घाइते भएका ती सुमितेरु तानिगुचीको बुधबार ८८ बर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ।

जापानको दक्षिणपश्चिमी एक अस्पतालमा उपचार गराइरहेका सुमितेरु तानिगुचीको क्यान्सरको रोगबाट बुधबार निधन भएको प्राप्त अस्पतालले जनाएको छ।

पछि उनी जापानमा आणविक बम विरुद्धमा चेतना जगाउने काममा समेत लागेका थिए। उनलाई एटम बमको हानीका विरुद्ध तथा शान्तिका लागि सञ्चालित अभियानका एक सशक्त अभियन्ताको रुपमा लिने गरिन्थ्यो।

सोही कारण सुमितेरुलाई एक समयमा नोवेल शान्ति पुरस्कारको दाबेबारका रुपमा पनि निकै प्रचार गरिएको थियो। तर उनलाई सो पुरस्कार भने प्राप्त हुन सकेन।

सन् २०१५ मा आयोजना गरिएको नागासाकी हमलाको बारेमा जानकारी दिन आयोजना गरिएको एक समारोहमा आफ्नो अनुभव उनले यसरी सुनाएका थिए ‘पछिबाट निकै तातो र कडा खालको धुवाँको मुस्लो आएको देखेँ र यो के होला भन्दाभन्दै मलाई नै त्यो मुस्लोले डढायो।’

सो कार्यक्रममा आफ्नो ७० बर्षभन्दा पुरानो अनुभव सुनाउँदै उनले भनेका थिए ‘म भूईमा लडेँ। पछि एकैछिनमा उठेर हेरेको मेरो शरीरको देब्रे भाग सबै जलेको थियो। कपडा पनि जलेका थिए। साहस गरेँ र साइकला चलाएरै म जानुपर्ने गन्तव्यमा पुगेँ। पछि त बेहोस भएर लडेछु अनि मलाई अस्पताल पुर्‍याएछन्।’

सुमितेरु तानिगुचीको निधन भएको खबर निहोन हादियान्को नामक एक संस्थाले गरेको छ। उक्त संस्था नागासाकीमा बम हमलाबाट घाइते भएर बाँचेका व्यक्तिहरुको उपचार र रेखदेखको लागि काम गरिरहेको छ।

हिरोसिमा र नागासाकीमा भएको हमलामा परी साढे तीन लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। त्यस्तै त्यसमा परी घाइते भएका लाखौँ व्यक्तिले उपचार पछि अङ्गभङ्ग भएर बाँचेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.