पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई

|

काठमाडौं : पद्मश्री पुरस्कार २०७३ कवि नवराज पराजुलीको कविता संग्रह 'सगरमाथाको गहिराइ'लाई दिइने भएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठान, चितवनको बिहीबारको निर्णयले उक्त पुरस्कार पराजुलीको कविता संग्रहलार्इ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले विज्ञप्ति जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

पद्मश्री पुरस्कारको मनोनयनमा जनकराज सापकोटाको 'कहर', कुमार नगरकोटीको 'घाटमाण्डु', राज सरगमको 'छाउघर', नविन विभासको 'रोल्पा सुइना' र नवराज पराजुलीको 'सगरमाथाको गहिराइ' परेका थिए।

पुरस्कारबापत पराजुलीलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैयाँ प्रदान गरिने छ। त्यसै, पद्मश्री साधना सम्मान २०७३ रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा दिइने भएको छ। सम्मान राशी दुई लाख रुपैयाँ रहेको छ।

पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन दिइने प्रतिष्ठानले जनाएको छ। 

पढ्नुस् : कविताको तरंगमा बहँदै नवराज

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.