|

भारतको मुम्बइमा पाँचतले भवन भत्किदा ५ जनाको मृत्यु भएको छ। उक्त आवासीय भवनको भग्नावशेषमा परेर १५ जना घाइते भएका छन् भने ३५ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको बीबीसीले लेखेको छ।

दक्षिण मुम्बइको भायखला इलाकास्थित जेजे रोडमा अवस्थित भवन स्थानीय समय अनुसार बिहान ८:१५ बजेतिर भत्किएको थियो। प्रहरीका अनुसार केही व्यक्तिको जिवीतै उद्दार गरिएको छ भने भग्नावशेषमा पुरिएकाको उद्दारका खोजीका लागि ठूलो सङ्ख्याका उद्वारकर्मी खटिएका छन्।

दुई दिनदेखि लगातार भारी वर्षा भएकोले भवन भत्किएको हुन सक्ने आशंका गरिएको छ। उक्त भवन वर्षौं पुरानो थियो र पुनःनिर्माणको तयारी भइरहेको थियो। तीन तले भवनका लागि अनुमति लिएको भवनमा अनधिकृत रुपमा दुई तला थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

घाइतेहरुलाई स्थानीय जेजे अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये पाँच जनाको स्थिति गम्भीर रहेको डाक्टरले बताएका छन्।

साँघुरा गल्लीभित्रको भवन भत्किएकोले अग्नी नियन्त्रक र एम्बुलेन्स सेवा पुर्‍याउन समस्या भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.