|
फाइल फोटो

जाजरकोट : यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ।

जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गदैआएको छ।

तेह्रवटा वडा रहेको सो नगरपालिकामा चारजना वडा सचिवले काम चलाइरहेका छन्। जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन्। यी सातवटै स्थानीय तहको ७७ वटा वडामा २६ जना गाविस सचिवले संयुक्त वडा कार्यालयमार्फत कामकाज धानिरहेका छन्। थप कर्मचारी कहिले आउने हो अझै टुंगो छैन भने अहिलेसम्म कुनै पनि गाउँपालिकाले वडा कार्यालय स्थापना गर्नसकेका छैनन्।

आर्थिक वर्षको शुरुसँगै गाउँमा कर्मचारी जाने, गाउँपालिका र नगरपालिकाबाट सबै सेवा प्रवाह हुने सोचेका स्थानीयवासी अहिलेसम्म गाउँबाट सेवा प्रवाह नहुँदा निराश छन्। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले गुनासो गरे, “गाउँमा न टेलिफोनले काम गर्छ न बैंकिङ सुविधा नत कर्मचारीको व्यवस्था छ। सदरमुकाममा नबसेर के गर्नु? ” कतिपय सेवा सदरमुकामबाटै भइरहेको उनले बताए।

सरकारले यसै महिनाभित्र आगामी वर्षको बजेट पारित गर्न स्थानीय तहलाई निर्देशन दिए पनि अहिलेसम्म जनप्रतिनिधि गाउँ गएका छैनन्। यसअघि पनि करिब १५ वर्षदेखि तत्कालीन गाविस सचिवले सदरमुकामबाटै सेवा प्रवाह गदैआएका थिए। त्यही अवस्था दोहरिनेमा त्रिवेणी नलगाड– ८ का हरिबहादुर खत्री चिन्ता व्यक्त गर्छन्।

भेरी नगरपालिकाबाहेक जिल्लाका अन्य ६ गाउँपालिकामा टेलिफोनका साथै बैकिङ सुविधा विस्तार हुनसकेको छैन भने छेडागाड र नलगाड नगरपालिका लगायतका कतिपय स्थानमा अझैसम्म पनि यातायातको सुविधा पुग्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.