|

दाङ : चर्पीमा राखेको पानीको ड्रममा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १८ बर्लेनी बस्ने ओमबहादुर सुनारकी साढे २ वर्षकी छोरी बिमला सुनारको ड्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो ४ बजे खेल्ने क्रममा बालिका चर्पीको ड्रममा परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेककुमार शाहले जानकारी दिए। बालिकाको शव पोस्टमार्टमका लागि अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.