|

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा–१० मा रहेको बच्चुगाड़ लघु जलविद्युत आयोजना बाढीका कारण भत्किएको छ। बच्चुगाड खोलाको बहाव बढेपछि निमार्णाधीन आयोजना सबै सामान बगाएको हो। 

बाढीले पेनस्टप, पाइप र पावर हाउस बगाएको छ। स्थानीय र साना तथा नविकरणीय उर्जाको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको यो आयोजनामा बाढीले ठूलो क्षति पुगेको आयोजनाका अध्यक्ष टोपबहादुर शाहीले बताए। ‘आयोजनाका सबै ठाउँमा क्षति पुगेको छ ।’ उनले भने,‘स्थानीय र सरकारको लगानी खेर गएको छ।’

लघु जलविद्युत आयोजनाबाट यसै वर्षको असोजमा बत्ती बाल्ने अन्तिम तयारी रहेको अध्यक्ष शाहीले बताए। ‘आयोजनाको सबै काम पुरा भएको थियो,’ उनले भने,‘ती सपना सबै अन्धकार बनेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.